ओलीको उदयसँगै राजनीतिमा घृणा सुरू भयो: महासचिव भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा शुरु भएको आरोप लगाएका छन्।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तान्ने तथा भत्र्सना र गालीको संस्कृति हाबी हुँदै गएको बताए। उनले नयाँ पार्टीहरुप्रति लक्षित गर्दै अहिले ओलीभन्दा पनि १० हातमाथि गएर निन्दा भत्र्सनामा उत्रिनेहरु आएको समेत बताए।

ओलीकै कारण नेपालको शिक्षामा हुनुपर्ने उल्लेख्य प्रगति हुन नसकेको आरोप लगाउँदै उनले ओलीकै कारण बाम आन्दोलनको सबै सम्भावना टुटेको समेत बताए।

‘राजनीतिमा जब हाम्रो ओली कमरेडको उदय शुरु भयो, त्यसपछि नेपालको राजनीतिमा घृणाको, निन्दाको, खुट्टा तानातानको,भत्र्सनाको गालीको यो एउटा परम्परा, संस्कृति हुँदै गयो,’उनले भने,अहिले त ओलीजी भन्दा १० हात अघि गएर निन्दा भत्र्सनामा अरु नै आइपुगे। त्यो निन्दा,भत्र्सनाको बुढो प्रतिनिधिको ठाउँमा नयाँ प्रतिनिधि आए, जवान प्रतिनिधिहरु आए।

ओलीले जे गर्नुभयो,त्यसको लागि १५ वर्ष हामीले हाम्रा विद्यार्थीहरुलाई पढाउनुपर्छ। नेपालले के गुमायो भन्दा शिक्षाका क्षेत्रमा मात्रै १० वर्षमा भइसक्ने, ५ वर्षमा भइसक्ने हाम्रो सार्वजनिक शिक्षा गुणस्तरीय भइसक्ने निजी र सार्वजनिक शिक्षाको विभेद हटिसकेको हुने, र सबै नेपालीले ख्याल गर्नुहोला।

यो नारा सबैलाई शिक्षा र गुणस्तरीय शिक्षा हुने थियो।त्यो अवसर ओलीजीका कारणले,ओलीको प्रवृत्तिको कारणले नेपाली राजनीतिमा,नेपाली बाम आन्दोलनमा पसेको ओली प्रवृत्तिका कारणले सम्भावना टुटेको छ।

ओलीजीका कारणले नेकपा एमाले झनै संकटग्रस्त बन्दैछ। संकटग्रस्तलाई पार्टीभित्र बस्न अझ बढी ओलीको भक्ति चाहिन्छ।

राजनीतिमा अहिले घृणित संस्कृति हामी भइरहेको बताए। उनले गठबन्धनमा काँग्रेससँगै आफूहरु रहे पनि काँग्रेस आफूहरुको सिद्धान्त नभएको र गठबन्धन आफूहरुको भाग्य भ्विष्य नभएको बताए।