यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँ रहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ५० रुपैयाँ रहेको महासंघले जनाएको छ।