प्रचण्डलाई देश निकाला नगरेसम्म एमसीसी खारेज हुँदैन :अध्यक्ष ऋषि कट्टेल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देश निकाला गर्नुपर्ने बताएका छन्।

एमसीसीको मतियार भएर अहिले कार्यान्वयन गर्न लागेको भन्दै कट्टेलले अब सबै देशभक्त मिलेर प्रचण्डलाइ देश निकाला गर्ने बेला भएको बताए।

एमसीसी कार्यान्वयनविरूद्ध विप्लव नेतृत्वको नेकपाले सोमबार राजधानीमा गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै कट्टेलले प्रचण्डलाई देश निकाला गर्नुपर्ने धारणा राखेका हुन्।

एमसीसी पास गर्ने पुष्पकमल दाहाल राष्ट्रघाती हुन्। उनलाई देश निकाल नगरेसम्म एमसीसी खारेज गर्न सकिँदैन,झलनाथ तिर देखाउँदै उनले प्रश्न गरे,तपाईंहरूकै अध्यक्ष हो क्यारे।

पुष्पकमल दाहालाई राष्ट्रघाती भन्ने आँट छ ? उनको विरूद्ध आन्दोलन गर्ने आँट छ? सबै देशभक्त मिलेर अब पुष्पकमल प्रचण्डलाई देश निकाला गर्ने बेला भएकाे बताए। सबै देशभक्त, क्रान्तिकारी जनता मिलेमा मात्र एमसीसी खारेज गर्न सकिने उनले धारणा राखेका थिए।