सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ। सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुन हिजो पनि अघिल्लो दिनको तुलनामा तीन सय सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।