प्रहरीले बुझायो ३०२ किलो सुन तस्करी भएको निष्कर्ष सहितको प्रतिवेदन

फाइल तस्बिर

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सिआईबीले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी भएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ।

६० किलो ७१६ ग्राम सुन प्रकरणको अनुसन्धान सकेर हिजो सरकारी वकिललाई प्रतिवेदन बुझाएको हो। सीआईबीले चिनियाँ समूहले ब्रेक शुबाट थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको ६० किलो ७१६ ग्राम सुन गत गत २ साउनमा आन्तरिक राजश्व विभागले बरामद गरेको थियो। उक्त सुन पनि ब्रेक शुमा लुकाएर ल्याइएको थियो।

उक्त बरामद सुनबारे अनुसन्धान गर्ने जिम्मेबारी पाएको सीआईबीले ब्रेक शुमा लुकाएर थप ३०२.६२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)किरण बज्राचार्यले जानकारी दिइन्।