कल सेन्टर सञ्चालन गरी रकम असुली गर्ने एकजना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। कल सेन्टर संचालन गरी रकम असुली गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

किर्तिपुर नगरपालिकास्थित पाँगा एरियामा डेरा कोठाबाट गैर कानुनी रुपमा कल सेन्टर संचालन गरिरहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकका मिलन थापालाई पक्राउ गरेको हो।

उनको साथबाट ३ हजार ७०० थान एनसेलको सिकार्ड,२३ थान ल्यापटप र बिभिन्न ब्यक्तिहरुको नागरिकता २७ थानसहित पक्राउ गरी अनुसन्धान कार्य भई रहेको कार्यालयले जनाएको छ।