वर्षाको कारण पुनः रोकियो युएई र नेपालबीचको खेल

काठमाडौं। मलेसियामा जारी एसिसी यु१९ प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको खेल वर्षाले पुनः अवरूद्ध भएको छ। यसअघि पनि वर्षाकै कारण १५ मिनेट खेल रोकिएको थियो।

अहिलेसम्म युएईले ११ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै ५० रन जोडेको छ। टस जितेर ब्याटिङ गरेको नेपालले युएईलाई २ सय ८१ रनको लक्ष्य दिएको छ।

नेपालका लागि कप्तान देव खनाले कीर्तिमानी शतक पूरा गरेका थिए। उनले ९० बलमा शतक रन पुरा गरेका थिए।नेपालले खराब सुरूआत गरेको थियो। नेपालले १४ रन जोड्दा २ विकेट गुमाइसकेको थियो।

 कप्तान खनाल र अर्जुन कुमालले १२५ रनको साझेदारी गरेका थिए। कुमाल २६औं ओभरको पाँचौं बलमा आउट भए। उनले ५५ रनको योगदान दिएका थिए।

उत्तम थापामगरले पनि अर्धशतक पुरा गरे। पाँचौं विकेटका दिपक डुम्रेका लागि ५८ रनको साझेदारी गरेका उत्तम ५३ रनमा आउट भए।उता युएईका हरित शेट्टीले ५ विकेट लिएका थिए।