टी-२० विश्वकप छनोट: नेपाली क्रिकेट टोलीकाे घोषणा,सन्दीप टिममा फर्किए

फाइल तस्बिर

काठमाडौं । टी-२० विश्वकप छनोटका लागि नेपाली टोलीकाे  घोषणा गरिएको छ।

सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो।

टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम) ढकाल र सागर ढकाल टिममा अटाएनन्।

एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौंको कीर्तिपुर र मुलपानीमा हुनेछ

८ टिम सहभागी हुने छनोटबाट शीर्ष दुई टिम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ।

नेपाल रहेको समूहमा सिंगापुर, मलेसिया र ओमान छन्। नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ ।

यस्तो छ नेपाली टोली –

रोहित पौडेलको कप्तानीमा रहने नेपाली टिममा कुशल भूर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन्।