माओवादी केन्द्रले ग-यो सडक संघर्षका कार्यक्रम स्थगित

काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्रले २२ गतेको सडक संघर्षको कार्यक्रम स्थगित गरेको छ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक संघर्षको कार्यक्रम स्थगित गरिएको बताए।

माओवादीले भूकम्प प्रभावित जिल्लाका सम्पूर्ण कमिटीहरु जवस र मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई खोज, उद्धार एवं राहतमा सहयोग गर्न निर्देशन दिइएको छ।