ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

सांकेतिक तस्वीर

धनगढी । कैलालीको अत्तरियामा ट्रकले ठक्कर दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ।

शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ख९६५० ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका-२ बस्ने ६० वर्षीय भगवती रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी रोस्याराको उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

उनी डोटीमा कटी दिदीको नामले परिचित थिइन्। रोस्याराको मृत्युपछि उनका शुभेच्छुकहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिदी दुस्ख व्यक्त गरिरहेका छन्।

ट्रक र चालक डडेल्धुराको अजयमेरू गाउँपालिका-१ का ३४ वर्षीय नरेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।