४ हजार २२५ शिक्षकको पद रिक्त

काठमाडौं। शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखाले ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक गरेको छ।

शाखाले सार्वजनिक गरेको विवरण अनुसार माध्यमिक तहमा ४०२, निम्न माध्यमिक तहमा ७४४ र प्राथमिक तहमा ३ हजार १७९ शिक्षक पद रिक्त रहेका छन्।

शाखाले प्राप्त गरेको २०८० बैशाखदेखि २०८० चैत मसान्तसम्म रिक्त भएको वा हुने मावि, निमावि र प्रावि तहको विवरण शिक्षा विकास तथा समन्वय इकाइलाई रिक्त विवरण एकिन गर्न अनुरोध गरेको छ।

शाखाले बुधबार सूचना जारी गर्दै भनेको छ ‘शिक्षक सेवा आयोग मार्फत विज्ञापनको लागि प्राप्त भएको विवरण संशोधन गर्नुपर्ने भए कारण सहित सूचना प्रकाशित भएको मितिले सात दिनभित्र पठाइदिन अनुरोध छ।

साथै रिक्त शिक्षक विवरण पठाउन बाँकी रहेका जिल्लाहरुलाई पनि आगामी बुधबारभित्र पठाउन निर्देशन दिएको छ। तोकिएको समयभित्र संशोधित विवरण नआए सोही विवरण विज्ञापनको लागि शिक्षक सेवा आयोग पठाउने समेत शाखाले जनाएको छ।