श्री एअरलाईन्सले काठमाडौँ–सुर्खेतका लागि पायो उडान अनुमति

फाइल तस्वीर

सुर्खेत । श्री एअरलाईन्सले काठमाडौँ–सुर्खेतका लागि उडानको अनुमति पाएको छ। सुर्खेतका लागि श्री एअरलाईन्सले बुद्ध एअरभन्दा पहिला नै परीक्षण उडान गरेको थियो। यद्यपि उडान अनुमति भने पाएको थिएन।

 ७८ सिटे उक्त जहाज सुर्खेत आउने–जाने गरेसँगै सुर्खेत–काठमाडौँको भाडामा केही सस्तो पर्ने अपेक्षा गरिएको छ। उक्त जहाजका लागि सुर्खेत विमानस्थलमा भने फुल क्यापेसिटी छैन। ढुङ्गेलका अनुसार रनवे अलि सानो भएकाले समस्या चाहिँ छ।

 सुर्खेत विमानस्थलको उत्तरतर्फको धावनमार्ग अहिले १ हजार २५५ मिटरको छ। धावनमार्ग साँघुरो हुँदा ठुला जहाज अवतरण हुन समस्या छ।

लम्बाई कम हुँदा एटीआर–७२ लगायतका ठुला जहाजको क्षमता अनुसार भार बोक्न नसक्ने, प्रदेशको प्रमुख र सक्रिय विमानस्थल भए पनि सर्वसाधारण नागरिकको पहुँचमा छैन।

ठुला विमानका लागि अहिलेको विमानस्थल पर्याप्त छैन। मौसम खराब हुने बित्तिकै बुद्ध एअरको विमान आउन सक्दैन भने ल्यान्डिङ गराउने, कम भिजिबिलिटीमा पनि फ्लाइटहरू रेगुलर गर्ने लगायतका कामका लागि अहिलेको रनवे पर्याप्त छैन।

रनवे विस्तारका लागि निकै प्रयासहरू भए पनि त्यो अहिलेसम्म सफल हुन सकेको छैन। सबैले प्रतिष्ठाको विषय बनाइएको विमानस्थल विस्तारको कार्य अहिलेसम्म अगाडि बढ्न सकिरहेको अवस्था छैन। जसका कारण सुर्खेत विमानस्थल कर्णालीका नागरिकहरूको सहज पहुँचमा छैन ।

श्री एअरलाईन्सले भाडादरको विषयमा अहिलेसम्म औपचारिक कुरा नभएको प्रमुख राजनराज ढुङ्गेल बताउँछन् । यद्यपि यसअघिको भन्दा भाडादरमा केही सस्तो हुन सक्ने सम्भावना रहेको उनले बताए।