एसीसी पुरुष यू-१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी पुरुष यू-१९ एसिया कप खेल्ने नेपाली टिम घोषणा गरेको छ। देव खनालको कप्तानीमा क्यानले मंगलबार नेपाली टोलीको घोषणा गरेको हो।

युनाइटेड अरब इमिरेट्समा डिसेम्बर ८ देखि १७ सम्म पुरुष यू-१९ एसिया कप हुँदै छ। यू-१९ टोलीमा सिनियर टोलीबाट खेलिसकेका गुल्सनकुमार झासमेत समेटिएका छन्।

नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, दीपेशप्रसाद कँडेल,विशालविक्रम केसी, सुभास भण्डारी, दीपक बोहोरा, उत्तमरंगु थापामगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन्।