चिसोले रुकुम पश्चिमका दुई भूकम्प प्रभावितको मृत्यु

सांकेतिक तस्वीर

सुर्खेत। चिसोका कारण रुकुम दुई जना पश्चिमका भूकम्प प्रभावितको मृत्यु भएको छ। जिल्लाको आठबिसकोट नगरपालिका १४ पिपलचौरका ६२ वर्षीय खगीजैसी र ६४ वर्षीय टिके जैसीको चिसोका कारण मृत्यु भएको हो।

भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बसिरहेका सामान्य अवस्थाकी खगीको मंगलबार अपराह्न ५ बजेतिर ज्यान गएको र अर्का दमका रोगी टिकेको आइतबार राति साढे ९ बजेतिर मृत्यु भएको बताइएको छ।

गत कात्तिक १७ गते जाजरकोको बारेकोट गाउँपालिका ०१ रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टरस्कलको भूकम्पले घर भत्किएकाले उक्त वडाका अधिकांश मानिसहरु त्रिपालमुनि बस्न बाध्य छन्।

चिसोका कारण आठबिसकोटका अधिकांश बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेको स्थानीय मनसुरी खड्काले जानकारी दिए।