काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

सांकेतिक तस्वीर

काठमाडौं। गत शुक्रवार नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१ दशमलव ३६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्।

२७ औं विशेष परीक्षामा १८३ जना परीक्षार्थी सहभागी भएकोमा ९४ जना उत्तीर्ण (५१ दशमलव ३६ प्रतिशत), ८९ जना अनुत्तीर्ण र परीक्षा दिन आउँदा प्रवेशपत्रमा तोकिएअनुसार परिचयपत्र लिई नआएकोले ६ जनाको नतिजा रोक्का भएको काउन्सिलले जनाएको छ।

यसअघि, गएको साउन १२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ४८ दशमलव ३३ प्रतिशत प्रतिशत सहभागी उत्तीर्ण भएका थिए।