रास्वपा संसदीय दलको बैठक बस्दै,यी तीन विषयमा छलफल गर्ने

फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार अपराह्न संसदीय दलको बैठक बोलाएको छ।

बैठक पार्टी कार्यालय चस्मतिमा बोलाइएको सचेतक निशा डाँगीले जानकारी दिइन्। बैठक अपराह्न ४ बजे बस्ने छ।

आजको बैठकमा संसदीय दलको विधान, संसदको आगामी अधिवेशनको सम्बन्ध र विविध प्रस्तावमाथि छलफल हुने उनले जानकारी दिइन्।

कात्तिक १६ गते संसदको बर्खे अधिवेशन अन्त्य भएको थियो। हिउँदे अधिवेशन सुरू गर्ने समय भएकाले र संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि महत्त्वपूर्ण छलफल आवश्यक भएकाले बैठक डाकिएको रास्वपाले जानकारी दिएको छ।