एनसेलमा दलीय सेटिङ्गकाे गन्ध

एनसेलमा दलीय सेटिङ्ग भएकै हो त ? सेटिङ्गमा ठुला भनिएका सबै दल सामेल रहेछन्। स्वतन्त्र सांसद अमरेश कुमार सिंहको भनाईबाट प्रष्ट भइसकेकाे छ। लुटमा सामेल नभएको भए देउवा,केपी र माधव नेपालहरु पनि बोल्नु पर्ने थियो। प्रचण्डले त बोलेर पुग्दैन्?

आफ्नै नाम मुछिएका प्रचण्ड अहिले कसरी रफादफा पार्ने भन्ने छ्ट्पटिमा छ्न्।लोकतन्त्रका नाममा यस्तो निर्लज्ज लुट हुँदा पनि अरू नेता बुध्दिजिबि किन चुप लागेर बसेका छन्?

जनता झुक्याउन आदर्शबादी कुरा गर्ने लोकतन्त्र गणतन्त्र खतरामा पर्यो भन्दै कुर्लने बा आमा दाई भाउजू सबै उफ्रने अनि भित्रभित्रै देशको अङ्ग-अङ्ग लुट्ने अनि भागबन्डा गरेर खाने,देशलाई धमिराले जस्तै सिध्याउने काम भइरहेको छ।

 

तर पनि यिनै भ्रष्टाचारी देश द्रोहिहरु महान नेता कसरी हुन सक्छन्। सिआईवी लगायत अख्तियार दुरुपयोग अनुसन्धान आयोग,अन्य संबन्धित निकायले खोल्न पर्ने फाइल कानुनमन्त्री धनराज गुरुङ स्वंयमले नै खोल्ने भने पछि यस्मा पनि प्रष्ट भएको छ।

आफु या आफन्त पर्या छन कि भनेर त होला नी?यो चोटि पनि सेटिङ मिलाएर चोख्याउने प्रपन्च भएको प्रष्ट भएको छ। सासंद अमरेशकुमार सिंहको निजी सुरक्षामा खटाइएको पीएसओ सुविधा खोसिएको छ।

आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री गंगा दाहालको निर्देशनमा पीएसओ सुविधामा रहेका असई रामचन्द्र खड्कालाई फिर्ता गरिएको सांसद सिंहले जानकारी दिए।

पहिला सुनिल शर्मालाई हिरासतमा पुर्याउने र अहिले स्वतन्त्र उमेदवार अमरेश सिंहको सुरक्षा खोस्ने सरकारको निर्णयले पनि सरकारको कमजोरी रहेको प्रष्ट पारेको छ।

प्रधानमन्त्री र छोरी स्वकीय सचिवको हर्कतको विरोध गर्न नपाइने किन ? उहिले राजा संविधान माथि भए जस्तै प्रचण्डको परिवार संविधानभन्दा माथि हो ?प्रचण्डको छोरीको समेत रक्षा कवच बनेर माओवादी भ्रातृसंगठनले धम्कीपूर्ण विज्ञप्ति किन दियो ?

नेपालमा संविधानको सट्टा प्रचण्डपथ लागू भएको हो ?के गलत के सहि छुट्टाउन नसक्ने/नचाहने,आफ्ना नेताले सौच गरे पनि कस्तो हेर्दै खाउँखाउँ लाग्ने गरि आची गर्नु भो भन्ने मानसिकताबाट ग्रस्त कार्यकर्ता,आसेपासे सल्लाहकार भए सम्म कुनै पनि दलको कुनै पनि नेता सुध्रने छैनन्।

यो देश बिग्रनुमा र यस्ता भ्रस्टाचारका कान्डको उत्पती हुनुमा यस्तै आसे पासे झोलेको पनि हात रहेको छ।प्रचण्ड लगाएतका ठुला नेताको लागि नेपाल लुटको स्वर्ग भयो।