विभागले यी १० प्रकारका औषधी उत्पादनमा रोक लगायो

काठमाडौं। औषधी व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ।

विभागले सूचना जारी गर्दै प्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि नेपाली र भारतीय १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको जानकारी दिएको हो।

विभागले लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान पाँच एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाएको हो।

यस्तै लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २।५ एमजी, मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन पाँच एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन पाँच एमजी र मेटफर्मिन ८५० एमजी उतपादनमा रोक लगाएको छ।