सन्दर्भ : १३१ औं माओ जयन्ती, महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति !

महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति : सन १९६६ देखि १९७६ सम्म एक दशक अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान् नेता , चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष , नयाँ जनवादी क्रान्तिका विचारक तथा पहिलो प्रयोगकर्ता एवम् माओवादका प्रवर्तक माओ त्सेतुङको नेतृत्वमा महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गरियो ।  यसको मुख्य उद्श्य चिनियाँ कम्युनिस्ट पार्टीको माथिल्लो तहमा सत्ताको पदमा पुगेका दक्षिणपन्थी संशोधनवादी एवम् ख्रुश्चोवका चेलाहरुलाई परास्त गर्नु रहेको थियो। अर्थात् महान् सर्वहारा साँस्कृतिक क्रान्ति सर्वहारा अधिनायकत्वलाई सुदृढ तोल्याउन , पुँजीवादक‍ो पुनर्स्थापनालाई रोक्न वैज्ञानिक समाजवको निर्माणलाई समयानुकूल अगाडि बढाउन र विकास गर्ने रहेको थियो। र , सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिलाई निरन्तर जारी राख्ने उद्श्यले सञ्चालन गरिएको थियो। 

   
सन १९४९ मा महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भयो। महान् चिनियाँ नयाँ क्रान्ति अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एक युगान्तकारी परिघटना थियो। त्यसपछि चीनमा जनताको जनवादी अधिनायकत्व कायम गरियो । त्यस चरणमा नयाँ जनवादी क्रान्तिको चरण मुख्य रुपले समाप्त भयो। त्यसपछि वैज्ञानिक समाजवादी क्रान्तिको चरण शुरु भयो।
 
देशव्यापी विजयको पूर्वबेलामा आयोजित पार्टीको सातौं केन्द्रीय समितिको दोस्रो पूर्ण अधिवनै स्पष्ट रुपले  अध्यक्ष माओ त्सेतुङले भन्नुभएको थियो ,देशव्यापी मुक्ति पछि प्रधान घरेलुु अन्तर्विरोध ” मजदुर वर्ग र पुँजीपतिवर्गबीचको अन्तर्विरोध ” हुनेछ। अन्तर्विरोध यस कुरामा केन्द्रित थियो कि समाजवादी बाटो अपनाउने वा सर्वहारा अधिनायकत्व लागु गर्ने वा बुर्जुवा अधिनायकत। 
 
अगाडि अध्यक्ष माओ त्सेतुङले भन्नुभएको थियो ,हाम्रो पार्टीको नाम र हाम्रो मार्क्सवादी – लेनिनवादी विश्वदृष्टिकोणले स्पष्ट रुपमा यो बताउँछ कि हाम्रो पार्टीको प्रधान कार्यक्रम पुँजीपतिवर्ग एवम् अन्य सबै शोषकवर्गहरुको तख्ता पूर्ण रुपले उल्ट्याउनु , बुर्जुवा अधिनायकत्वको ठाउँमा सर्वहारा अधिनायकत्व कायम गर्नु र अन्तिम लक्ष्य साम्यवादलाई साकार बनाउनु हो ।
 
त्यसपछि सन १९५३ सम्म तीन वर्षको अबधिमा ठूला जमिन्दार र ठूला पुँजीपतिहरु वर्गहरुको अधिनायकत्व भएको राज्य मेशनरीलाई ध्वस्त गरी जनताको राज्यसत्ता कायम गरिएको थियो र       राष्ट्रिय अर्थतन्त्रको पुनरुध्दार गर्दै जनताको जनवादी अधिनायकत्वलाई मजबुत तुल्याउने काम भयो । 
   
सन १९५३ मा ” तीन खराबीहरु ” (  अर्थात् , भ्रष्टाचार , फजुल खर्ची नोकरशाही ) को बिरोध गर्ने आन्दोलन तथा ” पाँच खराबीहरु ” ( अर्थात्   घुस खोरी , करभुक्तानीमा धोकाबाजी , राज्यको सम्पतिको चोरी , सरकारी ठेक्कापट्टाहरुमा छलकपट र राज्यको आर्थिक सूचनाहरुको चोरी बारेमा कमरेड माओले स्पष्ट पार्नु भएको थियो ।
   
चीनमा समाजवादी क्रान्ति पुँजीवादको अन्त्येष्टि गर्ने एउटा संघर्ष थियो । त्यसलाई जनताको ठूलो समर्थन थियो । त्यसैक्रममा पार्टीले ल्यू शाओ ची र उसको गिरोहको अनावश्यक तोडफोडको सामना गर्नु परेको थियो । त्यस गिरोहले पार्टीको केन्द्रीय समितिमा फूट पार्ने र सर्वहारा अधिनायकत्वलाई उल्ट्याउने  असफल कोसिस गरेको थियो ।
   
सन १९५६ मा सम्म आइपुग्दा चिनियाँ कम्युनिस्ट पार्टीले देशमा स्वामित्वको क्षेत्रमा पुँजीवादी उद्योग , बाणिज्य र दस्तकारी समाजवादी रुपान्तरण मुख्यरुपले पुरा गरिएको थियो । त्यस अबधि संक्रमणकालको लागि पार्टीको आम दिशाले महान् विजय हासिल गरेको थियो ।     
 
 त्यसै सिलसिलामा उत्पादनका साधनहरुको स्वामित्वको क्षेत्रमा समाजवादी रुपान्तरण  मुख्यगरी पुरा भएपछि चीनको समाजवादी क्रान्ति र सर्वहारा अधिनायकत्वका अगाडि एउटा नयाँ प्रश्न खडा भएको थियो। जस्तो कि प्रधान घरेलुु अन्तर्विरोध के हो ? के वर्ग , वर्गीय अन्तर्विरोध र।वर्गसंघर्ष अझै पनि कायमै छ ? चिनियाँ क्रान्तिको भावी कार्य के हो ?  ल्यू शाओ ची र उसको गिरोहकोजवाफ थियो ” चीनमा पुँजीवाद र समाजवादमा कसले जित्छ भन्ने प्रश्नको फैसला भइसकेको छ, सर्वहारा वर्ग र पुँजीपतिवर्गबीचको अन्तर्विरोध खासगरी समाधान भइसकेको छ ” तथा ” प्रधान घरेलु अन्तर्विरोध उन्नतशील समाजवादी व्यवस्था र पिछडिएको सामाजिक उत्पादक शक्तिहरुबीचको अन्तर्विरोध हो। 
 
उनीहरूको यो भनाइलाई चिनियाँ कम्युनिस्ट पार्टीले आजको नयाँ परिस्थितिमा यो बर्नस्टाइन र काउत्स्कीको ” उत्पादन शक्तिहरुको सिध्दान्त ” को नयाँ संस्करण भएको संश्लेषण गरेको थियो। ल्यूशाओ ची गिरोहले चीनमा वर्गसंघर्ष समाप्त भइसक्यो , उत्पादन संघर्ष पहिलो हो ” भनेको थियो  तर चिनियाँ कम्युनिस्ट पार्टीले भने ” वर्गसंघर्ष सिध्दिएको छैन , वर्गसंघर्ष पहिलो हो भने दोस्रो उत्पादन संघर्ष हो ” ठहर गरेको थियो । यी दुई विपरीत विचारका बीचमा अन्तर्विरोध पैदा भएको थियो । चीनमा ” वर्गसंघर्ष ”  पहिलो कि ” उत्पादन संघर्ष ”  पहिलो भन्ने कार्यदिशाका बीचमा अन्तर्विरोध पैदा भयो । ल्यूशाओ ची गिरोहले “उत्पादन  संघर्ष ” पहिलो हो र ” वर्गसंघर्ष ” दोस्रो हो   भन्यो भने माओले ” वर्गसंघर्ष ” पहिलो हो  र ” उत्पादन संघर्ष ” दोस्रो हो भन्नुभयो । 
     
 
ल्यूशाओ ची गिरोहले पुँजीवादी बाटो समात्ने कार्यदिशालाई सम्पूर्ण पार्टीमाथि जबर्जस्ती लाद्ने कोसिस गर्यो । तर माओले पार्टीको आठौं राष्ट्रिय काँग्रेसको प्रस्ताव ल्याएर ल्यूशाओ ची र उसको गिरोहले जुन कुरा घुसाएका छन् ती गलत छ र मार्क्सवादका विरुद्ध छ भन्नुभयो र त्यसैक्रममा कमरेड माओले ” जनताबीचको अन्तर्विरोधहरुको सही ढंगले समाधान गर्ने बारेमा ” नामक रचना प्रकाशित गर्नु भएको थियो ।
     
कमरेड माओले मार्क्सवाद – लेनिनवादको विकासको इतिहासमा पहिलोपटक सुव्यवस्थित रुपले स्वामित्वको समाजवादी रुपान्तरणमा प्रमुख विजय प्राप्त भए पछि समाजवादी समाजमा वर्गहरु , वर्गीय अन्तर्विरोधहरु र वर्गसंघर्ष सम्बन्धि प्रश्नको जवाफ दिनुभएको थियो । र उहाले अजय द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादको प्रयोग गरी ल्यू शाओ चीको संशोधनवादी वाहियात तर्कहरुको पूर्णरूपले खण्डन गर्नुभएको थियो र सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्ति जारी राख्ने सिध्दानणतद्वारा चिनियाँ कम्युनिस्ट पार्टीलाई सुसज्जित तुल्याउनु भएको थियो ।
   
सन १९५७ मा आइपुग्दा  कमरेड माओले प्रतिपादित गरेको सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्ति जारी राख्ने सिध्दान्त सही सावित भएको कुरा १९५६ मा रुसमा ख्रुश्चोवले गरेको प्रतिक्रान्ति र त्यसले विश्व कम्युनिस्ट आन्दोलनलाई पारेको प्रभाव र चीनमा ख्रुश्चोवका चेला ल्यू शाओ ची गिरोहले गरेको पागलपूर्ण हर्कतहरुले  पुष्टि गरिदएको थियो । 
   
सेप्टेम्बर १९६२ मा चिनियाँ कम्युनिस्ट पार्टीको आठौं केन्द्रीय समितिको  एउटा महान् ऐतिहासिक महत्त्व राख्ने दशौं पूर्ण अधिवेशन आयोजना थियो। उक्त अधिवेशन यस कुराको प्रतीक थियो कि चिनियाँ सर्वहारा वर्ग र मेहनतकश जनताको चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुँजीपतिवर्गमाथि नयाँ आक्रमण शुरु गरेको थियो।
 
उक्त बैठकबाट कमरेड माओले सम्पूर्ण पार्टी , सम्पूर्ण जनमुक्ति सेना र पुरा देशका सबै जातिहरुका जनतालाई आह्वान गर्नुभएको थियो कि ” वर्गसंघर्षलाई कहिल्यै नबिर्स ” र उहाले चीनको र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभवहरुको सारांस निकाल्नु भएको थियो। र समाजवादको सम्पूर्ण ऐतिहासिक यात्राका लागि चिनियाँ कम्युनिस्ट पार्टीको प्रमुख कार्यदिशालाई अझै महत्त्वपूर्ण रुपले पेश गर्दै संविधान समेत लेखिएको बताउनु भएको थियो। 
 
त्यस दशौं पूर्ण अधिवेशन पछि कमरेड माओले ” सही विचार कहाँबाट आउँछ ? ” शीर्षकको सुप्रसिध्द निबन्ध लेख्नुभएको थियो। त्यसपछि माओले बताउनुभएको थियो ” वर्तमान आन्दोलनमा प्रहारको मुख्य निशाना पार्टी भित्र रहेका पुँजीवादी बाटो अपनाउने चल्दापूर्जा वाला हुन ” भन्ने नीतिको विरोध गरियो।
   
नोभेम्बर १९६५ मा माओले ” आफ्नो पदबाट हाए जुइको बर्खास्ती ” को खण्डन गर्ने आन्दोलन उठाउनु भयो । उक्त आन्दोलनको मुकाविला गर्न ल्यू शाओ ची र उसको गिरोहले  १९६६ मा ” फेब्रुअरी रुपरेखा ” रचना गरेको थियो ।त्यस गतिविधिबाट स्पष्ट भएको थियो कि ल्यू शाओ ची देशभित्र पुँजीवादी बाटो अपनाउने चल्तापूर्जा व्यक्तिहरुको सबैभन्दा प्रमुख प्रतिनिधि हो र चीनको ख्रुश्चोव हो ।
     
१६ मे १९६६ को ” परिपत्र ” जुन कमरेड माओको निर्देशनमा तयार पारिएको थियो , ले सम्पूर्ण पार्टीलाई यो आह्वान गरिएको थियो कि ” तिनीहरू अहिले पनि हाम्रो निजकै आशन जमाएर बसेका छझ” , “ख्रुश्चोभ जस्ता मान्छेहरु ” संग सावधान रहौं । उक्त ” परिपत्र ” अनुसार स्थापित भएको चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति मातहतको साँस्कृतिक क्रान्ति समुहले महान् सर्वहारा साँस्कृतिक क्रान्तिको क्रममा कमरेड माओको सर्वहारा क्रान्तिकारी कार्यदिशालाई दृढताकासाथ  लागु गरिएको थियो । 
महान् सर्वहारा साँस्कृतिक क्रान्तिको शुरुवात :
—————————————————-
अगस्ट १९६६ मा चिनियाँ कम्युनिस्ट पार्टीको आठौं केन्द्रीय समितिको एघारौं पूर्ण अधिवेशनमा कमरेड माओको अध्यक्षतामा ” महान् सर्वहारा साँस्कृतिक क्रान्तिको बारेमा निर्णय ” पारित भएको थियो । अधिवेशनमा पार्टी अध्यक्ष कमरेड माओले ” हेडक्वाटरमाथि वम वर्षा गर ” शीर्षकको ठूला ठूला अक्षरमा पोस्टर प्रकाशित गरिएको थियो र आौपचारिक रुपले ल्यू शाओ चीको घोर संशोधनवादी कार्यदिशाको पर्दाफास भएको थियो । र , त्यसरी महान् सर्वहारा साँस्कृतिक क्रान्तिको जन्म भएको थियो । महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति अन्तर्राष्ट्रिय कम्युनिस्टको इतिहासमा एक युगान्तकारी परिघटना थियो ।
   
महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रा, जसको सूत्रपात पार्टीका अध्यक्ष कमरेड माओको एउटा महान् सर्वहारा क्रान्तिकारीको साहस एवं दूरदर्शिताद्वारा गर्नुभएको थियो र जुन उहाँको संलग्नतामा १९६६ देखि १९७६ सम्म एक दशकसम्म चल्यो । जसमा करोडौं करोड क्रान्तिकारी जनसमुदायले भाग लिएका थिए ।
   
महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति सर्वहारा वर्गद्वारा पुँजीपतिवर्ग र अन्य तमाम शोषकवर्गहरुका विरुद्ध सञ्चालन गरिएको महान् राजनीतिक क्रान्ति थियो । त्यो चिनियाँ कम्युनिस्ट पार्टी र त्यसको नेतृत्वमा व्यापक जनसमुदायद्वारा क्वोमिन्ताङ प्रतिक्रियावादीहरुका विरु सञ्चालन गरिएको दीर्घकालीन संघर्षको जारी रुप थियो , तथा सर्वहारा वर्ग र पुँजीपति वर्गबीचको वर्गसंघर्षको जारी रुप थियो । त्यसलाई चीनको दोस्रो क्रान्ति पनि भन्न सकिन्छ ।
   
महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिको मुख्य लक्ष्य पार्टीको उच्च ओहदा र सरकारको उच्च पदमा पुग्न सफल भएका ल्यूशाओ ची जस्ता गध्दार संशोधनवादीहरुलाई पार्टी भित्र र बाहिर चिनियाँ समाजमा नाङ्गेझार पारेर जनताका बीचबाट अलग्याउने र आम पार्टी पंक्ति र आम जनताका बीचबाट फ्याक्नु थियो ।
 
त्यहाँ भनिएको थियो कि, ” हाम्रो अन्धकारमय पक्षको पर्दाफास गर्न खुला रुपमा , चौतर्फी रुपले र तलदेखि माथिसम्म व्यापक जनसमुदायलाई गोलबन्द गर्नले मात्र ल्यू शाओ चीको अन्त्य गर्न सम्भव हुनेछ , करोडौं करोड जनसमुदाय वर्गसंघर्षको भट्टिमा खारिएर कठोर बनुन् , संशोधनवाद विरोधी संघर्षमा शिक्षा प्राप्त गरुन् तथा सत्ताको त्यो हिस्सा जुन पुँजीवादी बाटो अपनाउने मुठ्ठीभर चल्तापूरजाले नाजायज तरिकाबाट प्राप्त गरेका थिए , आफ्नो हातमा फिर्ता लिने अनुभव हासिल गरुन् ।” 
     
महान् दश वर्षे चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिको अबधिमाल असल र खराब मान्छेहरुबीच सर्वहारा क्रान्तिकारी कार्यदिशा र बुर्जुवा प्रतिक्रान्तिकारी कार्यदिशाबीच भिन्नता छुट्टाउन सिके र माओको सर्वहारा क्रान्तिकारी कार्यदिशा एवं नीतिहरु सही ढंगले लागु गर्न पनि सिके । यसरी पुरा देश माओ त्सृतुङ विचारधाराको जीवन्त रुपले अध्ययन गर्ने र त्यसलाई जीवन्त रुपले व्यवहारमा उतार्ने एउटा महाविद्यालयमा परिणत भएको थियो । व्यापक चिनियाँ जनताले जबर्जस्त आँधीबेरीमा ती चीजहरु सिके जुन सामान्य दिनहरुमा सिक्न सकेका थिएनन् । जनमुक्ति सेनाले चमत्कारी कार्य गर्न सफल भएको थियो।
   
महान् दश वर्षे  चिनियाँ  सर्वहारा साँस्कृतिक क्रान्ति उचित  समयमा सञ्चालन गरिएकोले   महान् उपलब्धि हासिल गर्न  सफल भएको  थियो ।  जस्तो कि यस विषयमा कमरेड माओले भन्नुभएको छ , ” महान् सर्वहारा साँस्कृतिक क्रान्ति सर्वहारा अधिनायकत्वलाई सुदृढ बनाउन , पुँजीवादको पुनस्र्थापनालाई रोक्न र समाजवादको निर्माण गर्न अति आवश्यक छ र अत्यन्तै समयानुकूल छ।
     
अप्रिल १९६९ सम्म आइपुग्दा जब महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिमा महान् विजय प्राप्त भइसकेका थिए , कमरेड माओको अध्यक्षतामा पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको आयोजना गरिएको थियो।
 
उक्त महाधिवेशनमा राजनीतिक प्रतिवेदन र ” चिनियाँ कम्युनिस्ट पार्टीको विधान ” पारित गरिएको थियोे र नयाँ केन्द्रीय समिति , जसको नेता कमरेड माओ चुनिनु भएको थियोे र राजनीतिक प्रतिवेदनमा सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्ति जारी राख्ने क्रममा कमरेड माओको सिध्दान्तमाथि सुव्यवस्थित रुपले प्रकाश पारियो र महान् सर्वहारा साँस्कृतिक क्रान्तिको महत्त्वपूर्ण अनुभवहरुको सारांस निकालिएको थियो ।
   
सन १९७६ सेप्टेम्बर ९ दिन कमरेड माओ त्सेतुङको निधन भयो । त्यसको ठिक महिनापछि चीनमा प्रतिक्रान्ति भयो र पुँजीवादको पुनःस्थापना भयो ।
 
 निष्कर्ष ;
—==—
चीनमा समाजवादी क्रान्तिकालमा माओ त्सेतुङको निर्देशन र चिनियाँ कम्युनिस्ट पार्टीको निर्णय अनुसार सन १९६६ देखि १९७६ सम्म महान् सर्वहारा साँस्कृतिक क्रान्तिको उद्घोषण तथा सञ्चालन गरिएको थियो । यस साँस्कृतिक क्रान्तिका मुलतः दुई प्रकारका मान्यतामा आधारित रहेको थियो ।
 
पहिलो : समाजवादी समाजमा वर्गस, वर्गीय अन्तर्विरोध र पुँजीवादी तथा समाजवादी बाटोकाबीच चल्ने संघर्षको प्रकृति दीर्घकालीन हुन्छ र त्यस स्थितिमा पुँजीवादको पुनःस्थापनाको सम्भावना भई नै रहन्छ।
 
दोस्रो : पुँजीवादको पुनःस्थापना रोक र समाजवादको विजय सुनिश्चित तुल्याउनका लागि सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति अनिवार्य रुपमा जारी राख्न आवश्यक पर्दछ ।
   
चिनियाँ महान् सर्वहारा साँस्कृतिक क्रान्ति माओको मौलिक र महत्त्वपूर्ण वैज्ञानिक सिध्दान्त हो । माओद्वारा प्रतिपादित महान् सर्वहारा साँस्कृतिक क्रान्ति सम्बन्धि मान्यताले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र वैज्ञानिक समाजवादी क्रान्तिको इतिहासमा युगान्तकारी महत्त्व राख्दछ ।
   
सन १९६६ देखि १९७६ सम्मको एक दशकको अबधि भरी सञ्चालन गरिएको महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिकालमा ” हेडक्वाटरमा वम वर्षाउ” भन्ने ठूला ठूला अक्षरले लेखिएका पोस्ट,हरुले सारा चीन संगिएको थियो । महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति सर्वहारा अधिनायकत्वको केन्द्रीय अभिव्यक्ति थियो र मूलतः यो एक राजनीतिक क्रान्ति थियो ।
     
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति सर्वहारा अधिनायकत्वको सर्वोच्च अभिव्यक्ति हो भन्ने कुरा रुसमा भएको प्रतिक्रान्ति र चीनमा भएको प्रतिक्रान्तिले पुष्टि गरिसकेको छ । किनभने रुसमा भएको प्रतिक्रान्ति र चीनमा भएको प्रतिक्रान्ति पश्चात् ती देशहरूमा पुँजीवादको पुनःस्थापना भएको छ । यसलाई यान्त्रिक ढंगले बुझ्ने र लागु गर्ने नभएर समय र बदलिँदो परिस्थिति अनुसार सिर्जनात्मक ढंगले लागु गर्दै विकास गर्दै जानु नै विश्व सर्वहारा वर्गको ऐतिहासिक कार्यभार बन्न पुगेको छ । #*$
   
त्यसैले वैज्ञानिक समाजवादी क्रान्ति पछि प्रतिक्रान्ति हुनबाट रोकेर वैज्ञानिक साम्यवादमा पुग्ने यात्रा तय गर्नका लागि यो महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति एउटा महत्त्वपूर्ण वैचारिक हतियार हो भन्ने कुरा प्रमाणित गरिदिएको छ ।
 
यस महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिको सारतत्व भनेको सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत मार्क्सवाद विरोधी विचारधारात्मक राजनीतिक , आर्थिक , सामाज, साँस्कृतिक ,पारस्परिक र व्यक्तिका निजी बानी व्यहोरा,चालचलन लगायतका आम गलत प्रवृत्तिका विरुद्ध निरन्तर क्रान्ति हो। यो क्रान्ति वर्ग र वर्गीय सत्ता रहुन्जेलसम्म अर्थात् वर्गबिहिन,राज्यबिहिन वैज्ञानिक साम्यवाद प्राप्त नगरुन्जेलसम्म जारी राख्न अनिवार्य हुन्छ भन्ने शिक्षा विश्व सर्वहारा वर्गलाई दिएको छ। 
 
( केसी : वरिष्ठ मार्क्सवादी लेखक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।