प्रहरी संगठनकै अब्बल एसपी काफ्लेले बारा जिल्लामा हुने अपराधलाई ‘क्लिन स्विप” पार्दै

बारा। नेपाल प्रहरी संगठनकै साख जोगाउन तल्लीन एसपी सुरेश काफ्लेले बारा जिल्लाको कमाण्ड सम्हालेपछी सो जिल्लाका जनताहरुले शान्ति सुरक्षाको अनुभव गरेका छन्।  

छिमेकी मुलुक भारत सँग जोडिएको बारा जिल्लाको अधिकांश नाकाहरु सुरक्षाको तबरले आफैंमा संबेदनसिल हुनु स्वभाविक पनि हो। छोटै समयमा बारा जिल्लाका स्थानीयहरुका मन-मनमा बस्न सफल एसपी काफ्लेको बाराका जनताहरुले खुल्म-खुल्ला तारीफ समेत गर्दै आएका छन्।

बारा जिल्लाका स्थानीय राज यादव भन्छन् ,नेपाल प्रहरी संगठनकै अब्बल एसपी सुरेश काफ्लेले बारा जिल्लाको कमान्ड सम्हाले पछि हामी सबै स्थानीयहरु खुसी छौं उनी हर्षले गदगद हुँदै अगाडि बढ्छन,जब एसपी काफ्ले साप बारामा आउनु भयो तब हामीले शान्ती सुरक्षाको अनुभूती गर्न पाएका छाैं। 

एसपी काफ्लेले बारा जिल्लाको कमान्ड सम्हाल्दै गर्दा त्यहाँका तस्कर,गुण्डा नाईके एवम् कालाबजारी गर्दै आएका व्यापारीहरुको निदहराम भएको बताईन्छ।

विगत केही वर्षदेखि नेपाल भारत सिमानाबाट घट्दै आएका अपराध पूर्णरूपमा न्युनिकरण भएका छन्। घटनाको नजर अन्दाज गर्दै जिल्लाका नाकाहरुबाट सम्भावित हुन सक्ने अपराधिक गतिविधि लाई सुक्ष्म अध्यन गर्दै एसपी काफ्लेले संगठनले दिएको जिम्मेवारीलाई आत्मसात गर्दै बारा जिल्लाका जनताहरुका साथै त्यहाँ बसोबास गर्दै आएका व्यक्तिहरुलाई उनिहरुको जिउधनको सुरक्षा कसरी दिन सकिन्छ? भन्नेमा तल्लिन रहेको प्रष्ट देख्न सकिन्छ।

नेपालका साथै छिमेकी मुलुक भारतका सिमा नाकाहरु मध्ये राजस्वको हिसाबले समेत महत्त्वपूर्ण मानिने बारा जिल्लाका नाकाहरुमा एसपी काफ्लेले तस्करी विरुद्ध शुन्य सहनशीलता अपनाएकाे पाइन्छ।

बारा जिल्ला प्रहरीले समाजमा हुने अवाञ्छित गतिविधि मध्ये जुवातास खेल्ने खेलाउने व्यक्तिहरुलाई निगरानीमा राख्नुका साथै अखाद्य पदार्थबाट घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरुबाट मदिरा नस्ट गर्नुका साथै मनोरञ्जनका लागि भित्र्याउने विस्फोटक पदार्थ पटका जस्ता वस्तुहरु ओसारपसार गर्न पूर्ण रोक लगाउदै आएका छन्।

बारा जिल्लाका एक प्रदेश माननीय भन्नुहुन्छ ” हामीले नेपाल प्रहरी संगठनका एक कुसल प्रहरी अधिकारी काफ्ले जस्तो एसपी पाएका छौँ जिल्लाको शान्ति सुरक्षामा उहाँले कमी हुन दिनु भएकाे छैन र हुन्न पनि दिनु हुन्न भन्नेमा हामी ढुक्क रहेका छौ।