प्रधानमन्त्रीको निर्देशनपछि त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया रद्ध

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्ध भएको छ । आइतबार एक सूचना जारी गर्दै त्रिविले शनिबारको निर्णयअनुसार उपकुलपति नियुक्ति प्रक्रिया रद्ध गरेको जानकारी दिएको हो।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले पुस २० गते सूचना जारी गरेको थियो। जारी सूचनामा कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएपछि शनिबार जारी सूचना रद्ध गर्ने निर्णय लिएको थियो। प्रधानमन्त्री प्रचण्डले सूचना प्रकाशित भएलगत्तै रद्ध गर्न निर्देशन दिएका थिए।

विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि-पेस गर्न शुक्रबार प्रकाशित सूचनामा उल्लेख थियो।

अब अर्को सूचना जारी भएपछि उपकुलपति नियुक्ति प्रक्रिया सुरू हुनेछ।