जिप चोरेर लैजाँदै गरेको अवस्थामा एक जना युवक पक्राउ

पोखरा । पोखराबाट जिप चोरेर लैजाँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोविन्द परियार रहेका छन्।

उनले बुधबार बिहान साढे १ बजे अमरसिंह खेल मैदानमा पार्किङ गरेको ग२च २३४३ नम्बरको बोलेरो जिप चोरेका हुन्। उनले जिप लिएर जाँदै गर्दा पोखरा १४ समिनतराबाट जिपसहित पक्राउ गरिएको हो।

उनले जिप चलाइरहेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरीका डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।परियारलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट दिन ६ म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ।

यसअघि पोखराबाटै बस चोरी भएको थियो।