माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन

काठमाडौं । बृहत नागरिक आन्दोलनले माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन गरेको छ।

शनिबार बबरमहलस्थित नेपाल कला परिषद् भवन अगाडिको सडकमा बृहत नागरिक आन्दोलनका केही व्यक्तिहरूले प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

उनीहरूले माइतीघरमा निषेधाज्ञा जारी गरेर जनताको अधिकारको संकुचन गरिएको बताएका छन्।

उनहरुले प्लेकार्डमा ‘लोकतान्त्रिक स्थानको संकुचन नगर’, ‘माइतीघरको निषेधाज्ञा खारेज गर’ लगायतका लेखेर प्रदर्शन गरेका हु्।