लुम्बिनी प्रदेशले आज स्थापना दिवस मनाउँदै

काठमाडौं। लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदैछ। प्रदेश सरकार स्थापना दिवसको अवसरमा आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ। ६ वर्षदेखि फागुन ३ गते मनाउँदै आएको स्थापना दिवस यसपाली सारेर आज माघ २१ गते मनाउन लागिएको हो।

सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयले प्रदेश स्थापना दिवस र सरकारको स्थापना दिवस एकै दिन मनाउन लागिएको बताए।

प्रदेश सभाको चुनाव भएर २०७४ साल माघ २१ गते पहिलो बैठक बसेको दिनलाई आधार मानेर लुम्बिनीले यसअघि हरेक वर्ष माघ २१ लाई प्रदेशको स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो भने फागुन ३ लाई सरकार स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो।