पूर्वडीआईजी छविलाल जोशीको घरमा छापा

काठमाडौं। प्रहरीले पूर्वडीआईजी छविलाल जोशीको घरमा छापा मारेको छ। रवि लामिछाने विवादित बनेको सूर्यदर्शन सहकारीको घोटाला प्रकरणमा बुधबार राति शंखमुलस्थित जोशीको घरमा प्रहरीको टोलीले छापा मारेको हो।

‘नेचर हब इन्टर नेशनल प्रालि’को कार्यालय रहेको उक्त घरमा सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि प्रमाण संकलन गर्न भन्दै प्रहरीले छापा मारेको हो।

पूर्वडीआइजी जोशी फरार रहेका ग्यालेक्सी टेलिभिजन तथा सुदर्शन सहकारीका सञ्चालक गितेन्द्रबाबु राईका व्यावसायिक साझेदार हुन्।

प्रहरी स्रोतका अनुसार जोशीको घरबाट सुदर्शन सहकारीको सर्भर बरामद गरिएको छ। सुदर्शन सहकारी सहकारी ठगी प्रकरणमा राईसहित आधा दर्जन व्यक्ति फरार छन्।