बाँसबारीको जग्गा फिर्ता गर्न २१ दिने अल्टिमेटम

काठमाडौं। बाँसबारीस्थित छालाजुत्ता उद्योगको १० रोपनी सरकारी जग्गा नेपाल सरकारका नाममा फिर्ता गर्न २१ दिने सूचना जारी भएको छ।

भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले च्याम्पियन फुटवेयर हाल चाँदबाग रेसिडेन्सीका नाममा २१ दिने सूचना जारी गरेको हो। चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष संजय ठाकुरलाई २१ दिनभित्र आफैं वा वारेसमार्फत उपस्थित हुन कार्यालयले पत्र काटेको हो।

कार्यालयले प्रतिवादीलाई २१ दिनभित्र उपस्थित नभए कानुन अनुसार जग्गा सरकारका नाममा ल्याउन स्वतः प्रक्रिया अघि बढ्ने सूचनामा जनाएको छ। चाँदबाग सिजी होल्डिङ्सअन्तर्गत सञ्चालित कम्पनी हो।