सीतापाइलामा ३ जना मृत अवस्थामा फेला

सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौँको सीतापाइलामा तीनजना मृत अवस्थामा फेला परेका छन्।प्रहरीका अनुसार एकजना महिलासहित दुई बालबालिको शव फेला परेको हो। उनीहरु तीनजनाकै शव एक घरको कोठाभित्र फेला परेको छ।

उनीहरुको हत्याको आशंका गरिएको छ। घटनाको अनुसन्धान गर्न काठमाडौँ प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको छ।