नेपालले नामिबियालाई दियो १६९ रनको सामान्य लक्ष्य

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ।

३७। १ ओभरमै पूरै १० विकेट गुमाएर नेपालले १६८ रन बनाएको हो। नेपालका लागि आशिफ शेखले ५८ रन बनाए। कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए ।

नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए। नामिबियाका बर्नार्ड स्कोल्जले ४ र निकोल लोफ्टि-इटनले ३, ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एकरएक विकेट लिए।