बस खोलामा खस्दा ४ जना गम्भीर घाइते

बारा । बाराको ३ नम्बर पुल बजारस्थित पक्की पुलबाट बस खोलामा खसेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नारायणगढबाट वीरगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएको हो।

बस दुर्घटनामा परेका ४ जना गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ। दुर्घटनाको थप विवरण आउन बाकी छ।