माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए। उनलाई काठमाडौं ल्याइँदैछ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।

यसरी पक्राउ परे महरा  

पूर्वसभामुखसमेत रहेका सत्तारूढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्।

सोमबार बिहान धकधईस्थित माओवादी नेता वकिल मुसलमानको घरबाट महरालाई प्रहरीले पक्राउ गरिएको हो।महरा सर खाना खान जानु भएको थियो, त्यसैबेला नियन्त्रणमा लिइएको हो,स्रोतले भन्यो।

महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ।महरालाई सोमबार बिहानैदेखि प्रहरीले निगरानीमा राखेको थियो।

उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं लैजाने तयारी गरिएको छ। महरालाई विमानस्थल पुर्‍याइसकिएको छ।

यति एयरलाइन्सको जहाजबाट काठमाडौं उहाँलाई लैजाने तयारी छ,स्रोतले भन्यो।महरामाथि सुन तस्करीमा संलग्न रहेको आरोप छ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले महरालाई पनि कारबाहीका लागि सिफारिस गरेको थियो। उनीमाथि मुद्दा चलाउनुपर्ने आयोगको निष्कर्ष छ।महराका छोरा राहुल पनि सुन प्रकरणमै पुर्पक्षका लागि थुनामा छन्।