घट्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएकोमा आज ५ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख २४ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख २३ हजार ९ सय रुपैयाँ रहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ५३० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ५२० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।