नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा आउन प्रधानमन्त्रीको आग्रह

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टी ९नाउपा०लाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्। शनिबार प्रधानमन्त्री प्रचण्ड र नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताबीच भएको भेटवार्ता भएको हो।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नाउपालाई एक मन्त्रालय दिने गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन्। छलफलमा सहभागी नाउपाका संस्थापक नेता एवं टीकापुरका मेयर रामलाल डंगौराले भेटवार्ता सकारात्मक भएको बताए।

फागुन २१ पछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्नेबारे सकारात्मक छलफल भएको डंगौराले जानकारी दिए।

नयाँ समीकरणमा बनेको केन्द्र सरकारमा सहभागी हुने, सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार बनाउन टिम बनाउने लगायतका विषयमा छलफल भएको मेयर डंगौराले बताए। तर,सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा पार्टीमा अझै छलफल गर्न बाँकी रहेको उनले बताए।