अछाममा ट्याक्टर दुर्घटना ४ जनाको मृत्यु

धनगढी। अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

आज बिहान मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदले जानकारी दिए।

उनकाअनुसार दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उनले बताए।

घाइतेहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ।