प्रचण्ड,देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

शान्ति प्रक्रिया र संवैधानिक परिषद्को विषयमा छलफल गर्न ‘प्रचण्ड’ले देउवा र ओलीलाई सँगै बोलाएका हुन्।

बैठकमा शान्ति प्रक्रिया,संवैधानिक परिषद्को बैठक,संसदमा काँग्रेसले गरिरहेको अवरोधलगायत समसामयिक विषयमा पनि हुने जनाइएको छ।