सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३३ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो। यसअघि सुनको मूल्य एक लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३३ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार ३५० सय रुपैयाँ रहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६१० रुपैयाँ रहेको महासंघले जनाएको छ ।