नेप्से परिसूचक ३.४३ अंकले घट्यो

काठमाडौं। आज सेयर बजार मापक नेप्से परिसूचक ओरालो लागेको छ। आज नेप्से ३.४३ अंकले घटेर २००६.७८ को बिन्दुमा पुगेको छ।

३२२ धितोपत्रको ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर दुई अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रुपैयाँमा किनबेच भएको छ।

१३ वटा उपसमूहमध्ये १० वटाको समूहगत सूचक घटेको छ। तीनवटाको समूहगत सूचक बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

गुरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। रिभर फल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ४।४० प्रतिशतले घटेको छ।