टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र बरोडा खेल्दै

फाइल तस्वीर

काठमाडौं। नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज बरोडासँग खेल्दैछ। खेल दिउँसो २:४५ मा सुरु हुनेछ।

नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ। बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट बाहिरीसकेको छ।

नेपालले फाइनल आइतबार गुजरातसँग खेल्ने छ। पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो। १५७ रनको लक्ष्य बरोडाले पछ्याउनेक्रममा २० ओभरमा १२९ रनमा अलआउट भएको थियो। बरोडाका बाबा खान,भानु पनिया र कप्तान विष्शु सोलांकी प्रमुख खेलाडी हुन्।

यता नेपालले बेन्चमा बसेका ललित राजवंशी र आकाश चन्दलाई आज मौका दिनसक्छ। यसअघिको खेलमा करण केसी र दीपेन्द्रसिंह ऐरीलाई विश्राम दिइएको थियो।

नेपालले गुजरातलाई ८ विकेट र ८ रनले हराएको थियो । उता बरोडा गुजरातसँग ५ विकेट र ५७ रनले पराजित भएको थियो।

अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता हुँदैछ। प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ। नेपाल त्यसैको तयारीका लागि भारत भ्रमणमा छ। नेपाल उतैबाट ओमान जानेछ।

नेपालको टोली -रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा,अनिल शाह,गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी,प्रतिश जि.सी,अभिनाश बोहरा र आकाश चन्द।

बरोडाको टोली- विष्णु सोलांकी (कप्तान), ज्योत्सनिल सिंह, शस्वात रावत, प्रियांशु मोलिया,भानु पनिया,हेमन्त पौण्डे,सोयबी सोपारिया, अभिमन्युसिंह राजपुत, ध्रुव पटेल, जय अभाले, अमित पासी, मोहित मोंगिया, पिरिक्षित पाटीदार, लक्षित तोक्सिया र बाबासाफिखान पठान ।