डेढ लाख घुससहित पोखरा महानगरका सब-इन्जिनियर पक्राउ

काठमाडौं। सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिएको आरोपमा पोखरा महानगरपालिकाको नगर कार्यापालिका कार्यालयमा कार्यरत सब-इन्जिनियररसहित २ जना पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग,पोखराबाट खटिएको टोलीले सब-इन्जिनियरर उषाकिरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई मंगलबार पक्राउ गरेको हो।

उनीहरूले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउनका लागि सेवाग्राहीसँग घुसबापत १ लाख ५० हजार रूपैयाँ मागेको सूचनापछि अख्तियारको टोली परिचालित भएको थियो।

उक्त टोलीले इन्जिनियर रोकायलाई पोखरा महानगरपालिका-५ बाट र कन्सल्टेन्सीका कुँवरलाई पोखरा महानगरपालिका-८ बाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए।

उनीहरू घुस लिइसकेको अवस्थामा घुस रकमसहित पक्राउ परेको प्रवक्ता घिमिरेले जानकारी दिए।पक्राउ परेका दुवै जनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।