कुमारी स्मार्टबाट मुद्दती खाता खोल्दा अतिरिक्त ब्याज पाइने, कर्जामा विशेष छुट

काठमाडौं। नयाँ वर्ष २०८१ को शुभ अवसरमा कुमारी बैंकले नयाँ अफर ल्याएको छ। बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप “कुमारी स्मार्ट” मार्फत मुद्दती खाता खोलेमा प्रकाशित गरिएको ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउन सक्नेछन्।

कुमारी स्मार्ट एप मार्फत आफ्नो मुद्दती खातामा भएको रकमबाट कर्जा लिँदा ०.२५ प्रतिशत छुट प्रदान गरिनेछ। ग्राहकहरूको समयको महत्वलाई मध्यनजर गर्दै सो सेवा कुमारी स्मार्ट मार्फत घरमै बसेर संसारको जुनै कुनाबाट पनि तुरुन्तै लिन सकिने छ।

यस्तो प्रकारको मुद्दती खाता खोल्नको लागी र मुद्दती रसिदको धितोमा कर्जा उपभोग गर्न कुनै पनि किसिमको कागजी प्रक्रियाहरू नचाहिने र मोबाइल बैंकिङ्ग एप मार्फत यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने व्यहोरा बैंकले सार्वजनिक गरेको छ।

कुमारी बैंकले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सुविधाहरू उपलब्ध गराउँदै आएको छ। जसले नेपालको बैंकिङ्ग तथा डिजिटल क्षेत्र प्रवर्द्धन गर्न ठुलो योगदान पुर्‍याएको छ।

तीनदेखि ६ महिनाको मुद्दतीमा ६.५१ प्रतिशतदेखि कुमारी स्मार्टबाट खोलिएका खातामा पाइने ब्याजदरमा ७.२६ प्रतिशत तोकिएको छ।