मन्त्रिपरिषद् बैठकका पाँच वटा निर्णयहरू (सूचीसहित)

काठमाडौं। आज बसेको मन्त्रिपरिषद् बैठकले ५ वटा निर्णय गरेको छ।

पाँच निर्णयहरु

१. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न देहायको सिफारिस समिति गठन गर्ने स्

क. सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश श्री ओमप्रकाश मिश्र – अध्यक्ष

ख. राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य– सदस्य

ग. मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानुनविद, विधि विज्ञानवेत्ता, द्वन्द्वविद, समाजशास्त्री, महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संग्लन व्यक्तिहरु मध्येबाट देहाय बमोजिमका सदस्यहरू–

सर्वोच्च अदालतका पूर्वन्यायाधीश श्री जगदीशप्रसाद शर्मा पौडेल – सदस्य

डा. अर्जुनकुमार कार्की– सदस्य

श्री स्टेला तामाङ – सदस्य