तीन जना मृत अवस्थामा फेला

सांकेतिक तस्वीर

काठमाडौं। विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार जाजरकोटको भेरी नगरपालिका-११ घर भई सोही नगरपालिका-४ बोहरागाउँ बस्ने ३१ वर्षीय सुनिल आचार्य सोही नगरपालिका-४ स्थित भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्। आइतबार घरबाट हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो।

यसैगरी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ पक्लीहवास्थित कृषि क्याम्पसमा कार्यरत महोत्तरी पिपरा गाउँपालिका-१ घर भएका ४२ वर्षीय डा.जितेन्द्र मिश्र आफ्नै निवासमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

चितवनको भरतपुर महानगरपालिका-१६ भँगेरीथानस्थित नारायणी नदीमा पनि अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ।