देशको अर्थतन्त्र सुधारोन्मुख हुँदैछः महाप्रसाद अधिकारी

फाइल तस्बिर

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा रहेको बताएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाद्वारा आयोजित तस्रो एकाउन्टेन्ट सम्मेलनमा बोल्दै अधिकारीले यस्तो बताएका हुन्।

उनले नेपालको अर्थतन्त्रका धेरै सूचकहरु कारात्मक हुँदै गएकाले आगामी दिनमा थप सुधार हुने दाबी गरे। गर्भनर अधिकारीले नेपालको अर्थतन्त्रको वाह्य सूचकमा सुधार, वित्तिय क्षेत्र सवल र महंगी क्रमशः घट्दै गएकाले अर्थतन्त्र लयमा आउने संकेत गरेको बताए।

उनले सरकारले लिएको नीतिगत निर्णयको कारण बाह्य सूचकमा सुधार, वित्तीय क्षेत्र सबल र महँगी क्रमश घट्दै गएको उल्लेख गरे। अधिकारीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको बताए।

उनले कोरोना महामारीको संकट र रुस युक्रेन युद्धकाबीच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि हुने अवस्था रहेको बताए।

उनले विश्वको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको भन्दै उच्च बिन्दुमा रहेको महँगी क्रमश घट्ने क्रममा रहेको बताए। उनले सन् २०२३मा ६.८ प्रतिशत रहेको मूल्य वृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान रहेको बताए।

गभर्नर अधिकारीले भने, ‘उच्च बिन्दुमा रहेको महँगी क्रमशः घट्ने क्रममा रहेको छ। जुन सन् २०२३मा ६.८ प्रतिशत रहेको मूल्यवृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान छ।

नेपालको अर्थतन्त्रमा पनि विभिन्न सूचकहरु बलियो रुपमा देखिएकाले भविष्यमा वृद्धि हुने अवस्था छ। जुन नीतिगत सुधारको कारण वाह्य क्षेत्र सुधार,सबल वित्तीय क्षेत्र,मूल्यवृद्धि स्थिर छ।

उनले लेखा परीक्षण व्यवसायीहरुको सक्षमताले निजी क्षेत्र र राज्यका निकायहरुलाई पारदर्शी बनाउन मद्दत पुग्ने बताए। अधिकारीले लेखा व्यवसाय विश्वका एक उत्कृष्ट व्यवसाय भएको भन्दै विश्वका जुनसुकै देशमा काम गर्न सकिने अवस्था रहेको बताए।