त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेवारिसे १ किलो सुन बरामद

फाइल तस्बिर

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद भएको छ। दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको सिटमा एक किलो सुन बरामद भएको विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलले बताए।

विमान अवतरण हुने बित्तिकै प्रहरीले नियमित जाँच गर्ने क्रममा उक्त परिमाणको सुन भेटिएको उनले बताए। प्रहरीको मुभमेन्ट देखिएपछि लिएर आएका व्यक्ति सुन छाडेर भागेको हुनसक्ने आशंका गरिएको छ।