सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ जना घाइते

काठमाडौं। सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। ५२ जना घाइते भएका छन्।

दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान ७ बजेर २० मिनेटमा दुर्घटना भएको थियो।

दुर्घटनामा ३ जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिए।

उनका अनुसार घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे तर्फ लैजाने काम जारी छ।

मृत्यु हुनेमा अन्दाजी ७०,५० र २० वर्षका पुरुष रहेक छन्। अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।