सिटिजन्स बैंकको नाफामा गिरावट

काठमाडौं। सिटिजन्स बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा बैंक नाफामा सामान्य कमी आएको छ। बैकको अघिल्लो वर्षको सोहि अवधिको तुलनामा तुलनामा १.९९ प्रतिशतले कमी भएको हो।

चालू आबको ९ महिनासम्ममा बैंकले १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ करोड ८९ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १ रुपैयाँ ८९ पैसा रहेको छ।

बैंकको खुद ब्याज आम्दानी ३.२५ प्रतिशत वित्तीय विवरणले देखाएको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २७.९४ प्रतिशत, कुल सञ्चालन आम्दानी ०.८७ प्रतिशत र सञ्चालन मुनाफा ५.२३ प्रतिशत बढेको छ।