प्रभु बैंकको नाफा ७.२७ प्रतिशतले घट्यो

काठमाडौं । प्रभु बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा ७.२७ प्रतिशतले घटेको विवरण सार्वजनिक गरेको छ।

बैंकले प्रकाशित गरेको चालू आवको चालू आबको ९ महिनाको १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँ रहेको छ। बैंकको गत आबको सोही अवधिमा बैंकले १ अर्ब ९५ करोड ४६ लाख २५ हजार रुपैयाँ कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी २६.३२ प्रतिशत, सञ्चालन नाफा पनि २८।४५ प्रतिशतले बढेको छ। बैंकको खराब कर्जा (एनपिएल) ३.४८ प्रतिशतबाट बढेर ४.८१ प्रतिशत पुगेको छ।

बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ पुग्दा वितरणयोग्य नाफा २ अर्ब ४० करोड मात्र रहेको छ। त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी ११.७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४२.६ रुपैयाँ रहेको छ।