फेरि बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा आज (शुक्रबार) अर्को नयाँ रेकर्ड कामय भएको छ।

सुन आज तोलामा सात सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो।

सुनको मूल्य यसअघि सबैभन्दा बढी बुधबार प्रतितोला एक लाख ३९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार सात सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।