राष्ट्रिय वाणिज्य बैंकमा सीइओको आवेदन खुल्यो (सूचनासहित)

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को नियुक्तिका लागि आवेदन खुलेको छ। योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

एक सार्वजनिक सूचना जारी गर्दै बैंकले खुला प्रतिस्पर्धात्मक माध्यमबाट सीईओ छनोट गर्न दरखास्त माग गरेको हो। इच्छुक, योग्यता पुगेका नागरिकले २१ दिनभित्र आवेदन दिन सक्नेछन्।

व्यवस्थापन,बैंकिङ,वित्तीय,मौद्रिक,अर्थशास्त्र,लेखा,गणित,प्रशासन तथा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका,सम्बद्ध क्षेत्रमा १० वर्षको कार्यानुभव भएको,राष्ट्र बैंकले तोकेका मापदण्ड पूरा गरेका व्यक्तिले आवेदन दिन सक्ने बैंकले जनाएको छ।

राजनीतिक दलको सदस्य नभएको, बैंकसँग ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी कारोबारमा संलग्न भएको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणजस्ता अभियोगमा कसुरदार नरहेका, कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेकाजस्ता शर्तहरु पालना हुनुपर्नेछ।

इच्छुक आवेदकले दरखास्तका साथ व्यावसायिक कार्यायोजना समेत पेश गर्नुपर्नेछ। बैंकको वेबसाइटमा फारम उपलब्ध रहेको बैंकले जनाएको छ।