समाज सेवा र धर्मको नाममा ठग्नेहरुको सम्पत्ति छानबिन गर्न ढिलो भएन र, सरकार ?

फाइल तस्वीर

कलाकारलाई राष्ट्रको गहना भनिन्छ । कलाकार त्यो गहना हो, जसले समग्र राष्ट्रलाई विश्वसामु चिनाउन सक्छ। समाज परिवर्तनमा ठुलो भूमिका निर्वाह गर्न सक्छ। आम सर्वसाधारणमा जनचेतना फैलाउन सक्छ। त्यसैले, सरकारले पनि कलाकारलाई देशको गहनाको दर्जा दिएको छ।

तर, पछिल्लो समय हाम्रो देशमा कलाकारहरुले समाजमा सचेतना फैलाउनुको साटो विकृति, बेथिति निम्ताइरहेका छन्। कलाकारिताको नाममा हेर्न नसकिने व समाजले पचाउनै नसक्ने गतिविधि कलाकारहरुले गरिरहेको पाइन्छ। यसरी कलाकारहरु देश र जनताको लागि सचेतनाको माध्यम नभई उल्टै विकृति, विसंगतिको एउटा माध्यम बन्दै गएका छन्।

आफ्नो चलचित्र, गीत, भिडियो चलाउनकै लागि उत्श्रृखंल गतिविधि गर्ने, छोटा कपडा लगाउने वा अश्लिल शब्दहरु बोल्ने प्रवृत्ति अहिले बढ्दै गएको छ। मुखमा जे आयो,त्यँही गीत गाउने अनि निर्मतालाई जे मन लाग्यो, त्यस्तै फिल्म बनाउने गरिएको छ। अर्कोतर्फ, राज्यको ऐन, कानून पनि नमान्ने अनि समाज र जनताको पनि ख्याल गर्दैनन्, कलाकार, निर्माता, निर्देशकहरु।

राज्यले नदेखेको र जनताले भोगेको पीडा कलामार्फत बाहिर ल्याउनु नै कलाकारिता हो। तर, केही वर्षयता यस्तो छैन। अहिले भ्युजको लागि गीत, फिल्म बनाइन्छ। अनि जति भ्युज बढ्यो, त्यति नै छाडा गतिविधि उनीहरु गर्छन्। यता, जस्तो सुकै विज्ञापन पनि कलाकारहरु गर्छन्। पैसाको लागि ठग, चोर, दलाल संघसंस्थाको समेत विज्ञापन खेलिदिन्छन्।

यसरी नै पछिल्ला वर्षमा कतिपय कलाकारमाथि यौन दुव्र्यवहारको आरोप लाग्यो त कतिपय बलात्कारको आरोपमा जेलैसमेत गए । ठगीलगायत विभिन्न आरोप लागेका कलाकारहरु पनि थुप्रै छन् अहिले । समाज सेवाको नाममा पनि धेरै कलाकारले ठगेका छन् । क्रिकेट रंगशला बनाउने भन्दै धुमुर्स–सुन्तली फाउण्डेसनले सर्वसाधारणबाट अर्बो रकम उठाएर भ्रष्टाचार गर्यो ।

समाज सेवाकै नाममा अभिनेत्री स्वेता खड्काले माझी बस्ती नै जोखिममा पारिदिएकी छन्। यस्तै, इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले पनि विपन्न, आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई सहयोग गर्ने भन्दै देश–विदेशबाट पैसा उठाएका छन्। उनले केही रकम सहयोग गरेर सबै भ्रष्टाचार गरेको बताइन्छ । कँडेलले अहिलेसम्म कति पैसा उठाए ? र, कति सहयोग गरे ? भनेर कसैलाई थाहा छैन ।

त्यसैले, अब सरकारले उनको सम्पत्ति पनि छानबिन गर्नुपर्छ । अहिले यीनीहरुलाई पैसा सहयोग गर्ने व्यक्तिहरु अन्योलमा छन् । अधिंकाशले गरिब, विपन्नका लागि भनेर आफुले खाईनखाई, विदेशमा दुःख गरेर कमाएको, बालबच्चाको पेट भोको राखेर वा ज्येष्ठ नागरिक भत्ता समेत यीनीहरुलाई सहयोग गरे।

तर, त्यो पैसा यीनीहरुले साँच्चिकै गरिब, दुःखीलाई सहयोग गरे कि भ्रष्टाचार गरे ? भनेर जान्न पाउने अधिकार त सहयोग गर्ने व्यक्तिहरुको पनि त हो नि । सरकारी कर्मचारीले एक हजार रुपैयाँ घुस खाएकोमा ऊमाथि भ्रष्टाचार मुद्दा लाग्छ । र, जेल जानुपर्छ । राजनीतिक दलका नेतामाथि पनि भ्रष्टाचारको आरोप लागेमा छानबिन हुन्छ।

छानबिनका क्रममा उनीहरुले साँच्चिकै भ्रष्टाचार गरेको हो भने मुद्दा दायर गरिन्छ। यद्यपि, कलाकारमाथि त छानबिन नै गर्दैन, सरकार। समाज सेवा गर्ने भन्दै खर्बौ पैसा उठाएका छन्,कलाकारहरुले। तर, सरकार उनीहरुको सम्पत्ति छानबिन गर्दैन। यीनीहरुले गरिब जनता र देशको नाम बेचेर अँकुत सम्पत्ति जोडेका छन्। अर्कोतर्फ, यीनीहरुविरुद्ध बोल्न पनि कोही सक्दैन।

धुर्मुस–सुन्तली, स्वेता खड्का र कृष्ण कँडेलको अर्बौको सम्पत्ति रहेको बताइन्छ। यद्यपि, यो सम्पत्ति यीनीहरुले आफन्त, साथीभाईको नाममा राखेको सुनिन्छ।

अब अख्तियार र शुद्धिकरण विभागले यीनीहरुको सम्पत्ति खोज्ने कि नखोज्ने ? समाज सेवाको नाममा जनतासँग पैसा उठाएर भ्रष्टाचार गर्ने कलाकारहरुलाई राज्यले छोड्छ कि ती सर्वसाधारणलाई न्याय दिन्छ ? यो त भोलिका दिनमा थाहा होला।

धुमुर्स–सुन्तली फउण्डेसन क्रिकेट रंगशला बनाउनबाट पन्छिसकेको छ। अहिले सरकार आफैं त्यो रंगशला बनाउन लागिरहेको छ। तर, र।ंगशला बनाउने नाममा धुर्मुस–सुन्तलीले सर्वसाधारणबाट उठाएको करोडौं रकम कहाँ गयो ? अब सरकारले यसबारे खोजतलास गर्नैपर्छ । कृष्ण कँडेलले गरिब र देशको नाममा बेचेर अर्बौ पैसा उठाएका छन्।

तर, कति गरिब, विपन्नलाई उनले सहयोग गरे ? कतिलाई गरिबीबाट मुक्त गरे ? यसको विवरण उनी सार्वजनिक गर्न सक्छन् ? गरिबको अवस्था अहिले पनि उही छ।

अस्पतालमा आज पनि बिरामीहरु उपचार खर्च तिर्न नसक्दा बन्धक बस्नुपरिरहेको छ। उपचार खर्च तिर्न नसक्दा अहिले पनि सर्वसाधारणले अकालमै ज्यान गुमाउनुपरिरहेको छ।

अनि कँडेलले देश–विदेशबाट उठाएको रकमले कति दुःखी, गरिबीको जीवन जोगाए ? उनले हालसम्म सहयोगका नाममा अर्बौभन्दा बढी रकम उठाइसकेका छन् । यति पैसाले त देश नै गरिबमुक्त हुन्छ।

तर, किन अहिले पनि बाटोमा गरिब जनता देखिन्छन्। ससाना बालबालिकाहरु खान नपाएर मागिरहेको देखिन्छ। अस्पतालको बेडमा उपचार खर्च नहुँदा बिरामी र तिनका आफन्तहरु छटपटाइरहेको देखिन्छ । किन अहिले पनि उपचार खर्च तिर्न नसक्दा अस्पतालले शव नदिएपछि आफन्तहरु घरघरमा सहयोग माग्न आइरहेको भेटिन्छन् ?

यदि उनले साँच्चिकै खोजी खोजी गरिब, विपन्नलाई सहयोग गरेको भए किन आज पनि मुलुकमा गरिब जनता भेटिन्छन् ? उनले केहीलाई सहयोग गरेकोजस्तो देखाएर अर्बौ भ्रष्टाचार गरेका छन्। तर, यसबारे जनता र सरकार बेखबर छ। कँडेलले आफ्नो सात पुस्तालाई पुग्ने सम्पत्ति जोडिसकेको बताइन्छ। यसरी समाज सेवाको नाममा सर्वसाधारणबाट पैसा उठाएर ठग्न पाइन्छ ?

अब सरकारले यीनीहरुको सम्पत्ति छानबिन गर्नैपर्छ । अब पनि यीनीहरुको सम्पत्ति छानबिन नगर्ने हो भने यीनीहरु यस्ता सयौं ठगको विकास हुनेछ। अनि मानिसहरु मेहेनत गरेरभन्दा पनि ठगेर नै कमाउँछन् । समाज सेवाको खोल ओढेर देश र जनतालाई भ्रममा पारी ठगी गर्नेहरुको अब पर्दाफास हुनैपर्छ।

सर्वसाधारण कति सीधा हुन्छन् भन्ने एउटा उदाहरण नै पेश गर्दा पुग्छ । लिटिल बुद्धको नामले चर्चित धमगुरु रामबहादुर बम्जनमाथि जनताले आँखा चिम्लेर विश्वास गरे। पछि उनी विभिन्न काण्डमा मुछिए । उनीमाथि विभिन्न आरोप लाग्यो । केही महिनाअघि सीआईबीले बम्जनलाई पक्राउ गर्यो। त्यो पनि उनकै घरबाट।

उनी पक्राउ परेपछि घरमा खोजतलास गरियो । सो क्रममा सीआईबीले झण्डै चार करोड रकम उनको घरबाट बरामद गर्यो । बम्जनको घर पनि आलिशान थियो । त्यस्तै, भक्तपुरको सूर्यविनायक नगरपालिका–५, सिर्जनानगरमा माताको नाममा लुटतन्त्र मच्चिएको छ । माताको नाममा सीधासाधीलाई ठगिएको छ।

माताको घर रोपनीमा बनिएको छ। घर पनि आलिशान वा दरबारजस्तै छ। यी माताको पनि सयौं ठाउँमा घरजग्गा रहेको र अंकुत सम्पत्ति रहेको बताइन्छ। यीनले पनि सबै सम्पत्ति अर्कोको नाममा राखेको बताइन्छ।

तीन दशकअघि केही भएकी यी माता आज खर्बौको सम्पत्तिको मालिक बनेकी छन्। माताको नाममा जनता ठगेर खर्बौ कमाएको फेरि राज्यले देखेको छैन । यस्ता धर्मको नाममा सर्वसाधारण ठग्ने धेरै छन् । यी त प्रतिनिधि पात्र मात्रै हुन्।

कुनै ठगहरु समाज सेवी बनेका छन् त कुनै गुरु र माता। यीनीहरुले जनतादेखि राज्य र सञ्चारकर्मीलाई समेत अध्याँरोमा राखेका छन्। देशमा संविधान छ, ऐन, कानून छ। तर, समाज सेवा वा धर्मको नाममा ठग्ने यस्ता ठगहरुमाथि न संविधान लागू भएको छ न त ऐन, कानून नै। सरकार यीनीहरुको अगाडि निरीह बनेको छ। अनि सोझासाझी जनता ठगिने क्रम जारी छ।

देश विकास गर्ने काम सरकारको हो। सरकार नलागी न देश विकास हुन्छ न देशबाट गरिबी हट्छ। यो सरकारको दायित्व पनि हो। बिडम्वना, सरकारमा बसेका व्यक्तिहरुले यसमा चासो नदिँदा आज जनता ठगिएका छन्। सरकारले केही गरेन,हामी गछौं भनेर सीमित व्यक्ति तथा संघसंस्थाले सर्वसाधारण लुटिरहेका छन्।

अर्कोतर्फ, मागेर पनि देश विकास हुन्छ ? देशबाट गरिबी हट्छ ? मागेर न देश विकास हुन्छ न देशबाट गरिबी नै हट्छ । त्यसैले, अब सर्वसाधारण पनि भ्रममा पर्नुहुन्न।

यस्ता ठगहरुलाई केही पनि सहयोग गर्नुहुन्न। सरकारले पनि अब यीनीहरुको सम्पत्ति छानबिन गर्नैपर्छ। समाज सेवा र धर्मको नाममा ठग्ने व्यक्तिहरुलाई कानूनको दायरामा ल्याउनैपर्छ।

सरकार पनि चलाखो हुनुपर् । कहाँ कसले कसरी ठगिरहेको छ ? भनेर सरकारले बुझनुपर्छ । सञ्चारकर्मीहरुले पनि यस्ता कुरा बाहिर ल्याउनुपर्छ। र, सर्वसाधारण पनि सचेत रहनुपर्छ। किनकि ठगहरु विभिन्न पोलेसी ल्याएर ठगिरहेका हुन्छन्।