फेरि बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ। सुन आज तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुन हिजो प्रतितोला एक लाख ३५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार सात सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।